जनचाहना न्युज
तनहुँ २५ बैशाख
व्यासनगरपालिका–२ मा स्वतन्त्रबाट वडाध्यक्ष पदका लागि इन्जिनियर दीर्घ बहादुर थापा क्षेत्री उम्मेद्वार बनेका छन् । इन्जिनियर थापाले जागिरबाट अवकाश लिएपछि सामाजिक क्षेत्रमा बसेर सेवा गर्ने उद्देश्यले स्वतन्त्रबाट कैची चिन्ह लिएर उम्मेद्वारी दिएका हुन् । वडाले इन्जिनियर जनप्रतिनिधी पाउनु गौरबको बिषय हो । वडाको बर्तमान र भावी योजना कस्तो बनाएर लैजाने भन्ने कुरामा दीर्घ थापाको दीर्घकालिन योजना रहेको हुन सक्छन् । भनिन्छ,सतिले सरापेको देश,राम्रा व्यक्तिले स्थान पाउनै मुश्किल हुने पराम्परा हाम्रो समाजमा आज पनि कायम रहदै आएको पाइन्छ । सक्षम र योग्य नेतृत्वलाई पाखा लगाउने प्रवृत्ति हाम्रो समाजमा हाबी हुदै गएको छ । त्यसकारण हाम्रा भन्दा पनि राम्रा उम्मेद्वारलाई मतदाताले रोज्न सक्ने हो भने आफ्नो टोल वडाको अकल्पनीय विकासको ढोका खुल्न सक्नेछ । चुनावी मिति नजिकिजै गर्दा थापाले मतदाताको घरदैलो पुगेर आफुलाई मत दिन आग्रह गरेका छन् ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij