तनहुँ २६ बैशाख
बैशाख ३० गते हुनगईरहेको स्थानीय तहको निर्वाचनका दिन तनहुँमा अत्यावश्यक सेवा र अनुमति लिएका बाहेक अन्य सवारीसाधान संञ्चालनमा बन्द गरिएको छ । प्रमुख जिल्ला अधिकारी बिश्वप्रकाश अर्यालले सोमबार अत्यन्त जरुरी सूचना प्रकाशित गर्दै सो कुराको जानकारी गराएका हुन् । उक्त दिन बिहान ६ बजे देखि मतदान कार्य सम्पन्न नहुँदासम्मको लागि अन्य सवारीसाधान संञ्चालन कार्यमा बन्द गरिएको प्रजिअ अर्यालले जानकारी दिए । उक्त दिन एम्बुलेन्स,दमकल,अस्पताल,बिद्युत,खानेपानी र दुरसंञ्चार लगायतका अत्याबश्यक बाहेक अन्य सार्वजनिक र निजी सवारीसाधानहरु पूर्ण रुपमा बन्द हुने सो कार्यालयले जनाएको छ । कसैले नियम बिपरीत सवारी साधान संञ्चालन गरेको भेटिएमा प्रचलित कानून बमोजिम कारबाही हुने उनले बताए ।