Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

नदीमा पौडी खेल्ने क्रममा तनहुँ घिरिङका एक बालक बेपत्ता 

  • 244
    SHARES
  • 244 Shares
  • जनचाहना न्युज 
    तनहुँ २७ बैशाख 
    जिल्लाको घिरिङ गाउँपालिका–१ कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा सोही वडाका एक बालक बेपत्ता भएका छन् । घिरिङ गाउँपालिका–५ धेनुङ बस्ने युवराज बि.क का छोरा १२ बर्षीय ईश्वर बि.क  बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उक्त नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता बालकको हालसम्म फेला नपरेको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए । बेपत्ता बालकको खोजी कार्य भैरहेपनि हालसम्म फेला पार्न नसकिएको प्रहरीले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार