जनचाहना न्युज
तनहुँ २८ बैशाख
यहि बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा आवश्यक पर्ने मतपत्र सहितको सामान,मतदान अधिकृत,सहायक मतदान अधिकृत,सुरक्षाकर्मी र कर्मचारी खटिएका छन् । जिल्लामा रहेका २९७ वटै मतदान केन्द्रको लागि आवश्यक पर्ने ६१ प्रकारका सामान लिएर मतदान अधिकृतहरु मतदान केन्द्रमा पुगेका हुन् । तनहुँमा कूल चार सय पैतालिस उम्मेद्वारका लागि एक हजार ६ सय सैतिस जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा रहेका छन् । जिल्लाको दश वटा पालिकाका प्रमुख,उपप्रमुख,अध्यक्ष,उपाध्यक्ष र पचासी वडाका वडाध्यक्ष र सदस्य गरी उक्त संख्यामा उम्मेद्वारहरुको प्रतिस्पर्धा हुदैछ । प्रमुख,उपप्रमुख,अध्यक्ष र उपाध्यक्ष गरी बीस जना र पचासी वडाका पाँच जनाका दरले चार सय पच्चीस पदका लागि उम्मेद्वार निर्वाचित हुने जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए ।

उनका अनुसार प्रमुख पदमा अठ्ठाइस,उपप्रमुखमा अठ्ठाइस,अध्यक्षमा तेतीस,उपाध्यक्षमा एकतिस,वडाध्यक्षमा तीन सय साठी,वडासदस्य खुल्लामा छ सय तीन,महिला वडा सदस्य दुई सय छयासी र दलित महिला सदस्यमा दुई सय पचहत्तर गरी कूल एक हजार छ सय सैतिस जना उम्मेद्वार रहेका छन् । तनहुँमा एक सय छत्तीस मतदानस्थल र दुई सय सन्तनब्बे मतदान केन्द्र रहेका छन् । त्यसैगरी दुई सय सन्तानब्बे मतदान केन्द्रमा निर्वाचन अधिकृत रसहायक मतदान अधिकृत एक÷एक जनाका दरले दुई सन्तनब्बे जना अधिकृतहरु खटाइएको छ ।
त्यसैगरी सहायक कर्मचारी पाँच सय चौरनब्बे र सहयोगी दुई सय सन्तानब्बे गरी एक हजार चार सय पचासी जना कर्मचारी जिल्ला निर्वाचन कार्यालयले नियुक्ति गरेर मतदान केन्द्रमा पठाइएको छ । त्यसैगरी मतदान केन्द्रमा तीन दिनको लागि आठ सय एकानब्बे जना कर्मचारी नियुक्ति गरी जिल्ला भरी कूल दुई हजार तीन सय छयत्तहर जना कर्मचारी परिचालन गरिएको छ । सदरमुकाम देखि टाढा दुरीमा रहेका जिल्लाका घिरिड,ऋषिड,भिमाद,देवघाट,आँबुखैरेनी र बन्दिपुर गरी छ वटा गाउँपालिकाले सोमबार र नजिक दुरीमा पर्ने शुक्लागण्डकी,म्याग्दे,व्यास र भानु गरी चार पालिकामा मंगलबार सामान सहितको जनशक्ति परिचालन गरिएको हो । मतदान केन्द्रमा आवश्यक पर्ने एकसठ्ठी प्रकारका सामान रुजु गराएर मात्रै पठाइएको छ । तनहुँमा यसबर्ष दुई लाख चौवालिस हजार तीन सय चालिस जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ । निर्वाचन निष्पक्ष,धाँधली रहित र भयरहित बातावरणमा सम्पन्न र्गा सुरक्षा व्यवस्थालाई प्रभावकारी ढंगले परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी बिश्वप्रकाश अर्यालले जानकारी दिए ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij