जनचाहना न्युज
काठमाडौं २८ बैशाख
वैशाखमा ३० गते हुने स्थानीयत तह निर्वाचनमा मतदाताले मतदाता परिचय पत्र नभए पनि परिचय खुल्ने कागजात देखाएर भोट हाल्न पाउने भएका छन् । निर्वाचन आयोगले बुधबार एक विज्ञप्ति जारी गर्दै मतदाताले परिचय खुल्ने कागजातबाट मतदान गर्न पाउने गरी व्यवस्था मिलाएको हो । तर मतदाता नामावलीमा नाम भएकाहरुले मात्र अन्य परिचय खुल्ने कागजात देखाएर मतदान गर्न पाउनेछन् । आयोगबाट जारी भएको परिचयपत्र वा नेपाली नागरिकताको प्रमाण पत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपूर्जाको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने गरी निर्णय गरेको छ । अन्तिम मतदाता नामावली विवरणसँग भिडाइ एकिन गरी मतदान गर्न पाउने व्यवस्थाको लागि सम्बन्धित नियकायलाई निर्देशन पठाइएको निर्वाचन आयोगले जनाएको छ ।