जनचाहना न्युज
तनहुँ, २९ वैशाख ः
जिल्लाको बन्दिपुर गाउँपालिका–५ याम्पाबाट स्रोत खुल्न नसकेको ४२ बोरा चामल प्रहरीले बरामद गरेको छ । वाइसिएल नेपाल बन्दिपुरको सक्रियतामा उक्त चामल नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको हो । गएराती अन्दाजी २ बजेको समयमा आँबुखैरेनी– १ स्थित भुजेल बस्तीमा बितरणको लागि ल्याइएको चामल सूचना पाएपछि वाइसिएल कार्यकर्ताहरुले नियन्त्रणमा लिएको हो । मौन अवधि शुरु भएको समयमा आचार संहिता बिपरीत कुनै राजनीतिक दलले आफ्नो पक्षमा भोट किन्न चामल बितरणको लागि ल्याइएको हुन सक्ने अड्कलबाजी गर्न थालिएको छ । कुन राजनीतिक दलले आचार संहिता बिपरीत यस्तो कार्य गरेको भन्ने बिषयमा खुल्न नसकेकोले थप अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ । पल्टी गर्दै संम्बन्धित टोल र बस्तीमा बितरण गर्न लागि दुई एलपी गाडी चामल आएको तर उक्त परिमाणमा मात्रै चामल फेला पार्न सकिएको स्रोतको दाबी छ । चुनावको मिति नजिकिदै गर्दा बस्ती बस्तीमा चामल,कपडा,पैसा बाँड्ने प्रचलनले बिकृति मौलाउँदै गएको बन्दिपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष पुर्णसिं थापाले बताए । भोट आफ्नो पक्षमा लिन राजनीतिक दलका कार्यकर्ताहरुले आचारसंहिता बिपरीत क्रियाकलाप गर्दै आएको उनले जानकारी दिए । शसस्त्र प्रहरीले बन्दिपुर क्षेत्रमा मौन अवधि शुरु हुनु पूर्व पनि काँग्रेस,एमालेका कार्यकर्ताहरुलाई झण्डा बोकेर निर्बाध रुपमा आवतजावत गर्न दिएपनि नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुलाई अनावश्यक रुपमा दु ः ख दिने गरेको स्रोतले बतायो । घट्नास्थलबाट प्रहरीले ४२ बोरा चामल बरामद गरेको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले स्वीकार गरे । मान्छे नभएको घरमा गोदाम गरिएको अवस्थामा भेटिएपछि प्रहरीले नियन्त्रणमा लिएर डुम्रे बजार क्षेत्रमा राखेको बताइएको छ । चुनावमा मत प्रभावित बनाउन राजनीतिक दलबाट चामल बाँड्न ल्याइएको भन्ने कुरा सुनिएको छ नि ? भन्ने प्रश्नमा त्यही सुचना आएकोले प्रहरी घट्नास्थल गएको डिएसपी खड्काले जानकारी दिए । अहिलेसम्म कुनै व्यक्ति दाबी गर्न नआएकोले थप अनुसन्धान भैरहेको डिएसपी खड्काले बताए । के प्रयोजनको लागि कस्ले ल्याएको हो त्यो बिषयमा अनुसन्धान भैरहेको र हालसम्म कुनै पनि व्यक्ति सम्पर्कमा नआएको बताइएको छ । प्रहरीले चामल सुरक्षित साथ राखेको र खोजीको लागि कुनै पनि व्यक्ति सम्पर्कमा नआएको प्रमुख जिल्ला अधिकारी बिश्वप्रकाश अर्यालले जानकारी दिए । के प्रयोजनको लागि कस्ले ल्याइएको हो भन्ने बिषयमा अनुसन्धान भैरहेको उनले बताए ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij