Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

तनहुँका ६ पालिकामा मतगणनाको लागि सर्वदलीय बैठक बस्दै,चार पालिकामा शुरु

  • 398
    SHARES
  • 398 Shares
  • जनचाहना न्युज 
    तनहुँ ३१ वैशाख
    स्थानीय तहको निर्वाचन शुक्रबार सम्पन्न पछि तनहुँका दश पालिका मध्ये ६ पालिकामा मतगणना कार्यको लागि सर्बदलीय बैठक बसिरहेको छ । जिल्लाका चार वटा पालिकामा शुक्रबार राती देखि नै मत गणना कार्य भैरहेको छ । जिल्लाको म्याग्दे,भिमाद,बन्दिपुर र घिरिङ्ग गाउँपालिका मतगणना कार्य भैरहेको हो । त्यसैगरी व्यासनगरपालिका,देवघाट,आँबुखैरेनी,भानु,शुक्ला र ऋषिङ्ग गाउँपालिकामा मतगणना कार्यको लागि सर्बदलीय बैठक बसिरहेको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए ।  स्थानीय तह अन्र्तगत फरक फरक समयमा मतगणना कार्य हुन सक्ने उनले बताए । व्यासनगरपालिका–८ रिस्तीमा बाहेक जिल्लाको अन्य २९७ वटै मतदान केन्द्रमा शान्तिपूर्ण,धाँधली रहित र भय रहित वातावरणमा निर्वाचन सम्पन्न भएको उनले बताए । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार