जनचाहना न्युज
तनहुँ २ जेठ
व्यासनगरपालिका–८ स्थित गाविस भवन फेदी क र ख गरी दुई मतदान केन्द्रमा जेठ ४ गते पुन ः मतदान हुने भएकोले सवारी साधान संञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले सोमबार सूचना प्रकाशित गरी उक्त दिन बिहान ५ बजेदेखि मतदान सम्पन्न नहुँदा सम्मको लागि सवारी साधान संञ्चालनमा रोक लगाएको हो । अनुमति प्राप्त सवारी साधान,कुटनीतिक नियोगका सवारी साधान र अत्याबश्यक सेवामा प्रयोग हुने सवारी साधान बाहेक अन्य सबै प्रकारका सवारी साधान पूर्ण रुपमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी बिश्वप्रकाश अर्यालले जानकारी दिए । बिबादका कारण उक्त दुई मतदान केन्द्रमा पुन ः मतदान गर्न लागेको हो ।