Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

कास्कीका युवक लागुऔषध सहित तनहुँमा पक्राउ

  • 247
    SHARES
  • 247 Shares
  • जनचाहना न्युज
    तनहुँ २ जेठ 
    अस्थायी प्रहरी चौकी कोत्रेबाट खटिएको प्रहरीले लागूऔषध सहित एक युवकलाई पक्राउ गरेको छ । छिमेकी जिल्ला कास्की पोखरा महानगरपालिका–३२ बस्ने २३ बर्षीय अमन भुजेल पक्राउ परेका  हुन् ।  जिल्लाको शुक्लागण्डकी नगरपालिका–२ कोत्रे   स्थित पृथ्वी राजमार्ग सडक खण्डमा काठमाण्डौबाट पोखरा तर्फ जादै गरेको ग १ ख ८७८८ नं.को बसलाई चेकजाँच गर्ने क्रममा बसमा सवार भुजेलको साथबाट उक्त लागूऔषध बरामद गरेको हो । निजले भिरको झोलाभित्र लुकाई राखेको अबस्थामा रहेको ५ कि.लो. ८५० ग्राम लागु औषध गाँजा फेला पारी बरामद प्रहरीले जनाएको छ ।  निज भुजेललाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरेहेको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।  

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार