Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

रोटरीद्वारा दश सामुदायिक विद्यालयलाई वाटर डिस्पेन्सर सहयोग

  • 284
    SHARES
  • 284 Shares
  • रोटरी क्लब अफ दमौलीले रोटरी बर्ष २०२०–०२१ को डिष्ट्रिक ग्रयाण्ड अन्र्तगत तीन पालिकाका सामुदायिक विद्यालयहरुलाई दश वटा चिसो,तातो पानी पिउने वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ । 
    व्यासनगरपालिका,ऋषिङ गाउँपालिका र म्याग्दे गाउँपालिकाका विद्यालयलाई शनिबार क्लबको २१ औ पदस्थापना दिवसको अवसर एक थान जार सहित वाटर डिस्पेन्सर हस्तान्तरण गरेको हो । 
    व्यासनगरपालिका–७ साँघेको इन्दु मावि,व्यास–१२ छिर्कन स्थित अमर ज्योति मावि,व्यास–११ फराकचौरको बाराही मावि,व्यास– १२ कै सिद्धेश्वरी मावि,व्यास–१० बैरेनीको चण्डीदेवी मावि,व्यास–१४ को केशवटार मावि,व्यास–१० का भानु र सर्वज्योति माविलाई प्रदान गरेको हो । 
    त्यसैगरी म्याग्दे गाउँपालिकाको पार्वती आधारभूत प्रावि र ऋषिङ गाउँपालिकाको श्रृङ्ग माविलाई वाटर डिस्पेन्सर हस्तान्तरण गरिएको क्लबका पूर्व अध्यक्ष दामोदर भण्डारीले जानकारी दिनुभयो ।  उहाँका अनुसार आठ वटा शनिबार एक कार्यक्रमबा बीच र दुई वटा केही दिन अघि प्रदान गरिएको हो । 
    कार्यक्रमका प्रमुख अतिथि रोटरी डिष्ट्रिक ३२९२नेपाल–भुटान पूर्व डिष्ट्रिक गर्भनर किरणलाल श्रेष्ठ,व्यासनगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपाने,क्लबका अध्यक्ष दिनेश कुमार श्रेष्ठले संयुक्त रुपमा विद्यालयलाई वाटर डिस्पेन्सर प्रदान गर्नुभएको थियो । 
    सो अबसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि रोटरी डिष्ट्रिक ३२९२नेपाल–भुटान पूर्व डिष्ट्रिक गर्भनर किरणलाल श्रेष्ठले रोटरी सामाजिक सेवाको लागि सदैव अगपंक्तिमा रहेर काम गर्ने संस्था भएको बताउनुभयो । 
    कार्यक्रमका बिशिष्ट अतिथी व्यासनगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले पुरानो सामाजिक संस्था रोटरी क्लबमा पेशा,बर्ग, विभिन्न व्यवसायमा आबद्द व्यक्तिहरु संलग्न रहेकोले समाजमा प्रभावकारी किसिमले सामाजिक क्रियाकलाप गर्दै आएको बताउनुभयो ।   
    रोटरी क्लबले विद्यालयलाई वाटर फिल्टर प्रदान गरेपछि शुद्व,सफा पानी पिउन सहज हुने व्यासनगरपालिका–१२ कमलबारी स्थित सिद्धेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद अधिकारीले बताउनुभयो । 
    उक्त कार्यक्रममा उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य देबकुमार श्रेष्ठ,सुवास सिग्देल,तेजनाथ न्यौपाने,रोट्र¥याक्ट क्लब अफ दमौली बेदव्यास,इनरह्विल क्लब अफ दमौली लगायतको सहभागिता रहेको   थियो । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार