जनचाहना न्युज
तनहुँ ५ जेठ
व्यासनगरपालिका–३ देउराली नगरमा नाताले साला पर्ने व्यक्तिले भिनाजुलाई बिहीबार हतियार प्रहार गरी सख्त घाइते बनाएका छन् ।
अन्दाजी २०÷२२ बर्षका स्थानीय बिनोद थापाले सोही ठाउँ निवासी बिर बहादुर थापालाई हतियार प्रहार गरेका हुन् । आँखा र टाउँकामा गहिरो चोट लागेका थापाको दमौली स्थित समधान अस्पतालमा सामान्य उपचार पश्चात पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ । नाताले साला पर्ने ती व्यक्तिले के हतियार प्रयोग गरेको भन्ने बिषयमा थप अनुसन्धान भैरहेको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

उक्त व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । घाइते थापा सोही ठाउँमा मोटरसाइकल ग्यारेज संञ्चालन गर्दै आएको बताइएको छ । हतियार प्रहार गर्ने व्यक्ति मानसिक सन्तुलन गुमाएको व्यक्ति भएको बुझिएको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij