Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

अबैध आठ थान सालको काठ सहित चार पक्राउ

  • 334
    SHARES
  • 334 Shares
  • जनचाहना न्युज 
    तनहुँ ६ जेठ 
    ईलाका प्रहरी कार्यालय बेलचौताराले बिहीबार अबैध आठ थान सालको काठ सहित चार व्यक्तिलाई पक्राउ गरेको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–७ धारापानी निवासी जनक तिमिल्सेनाको बारीबाट आठ थान गोलिया सालको काठ सहित व्यक्ति पक्राउ गरेको हो । ग १ त ५७८६ नं.को ट्याक्टरमा लोड गरी ल्याउदै गरेको अवस्थामा ट्याक्टर सहित नियन्त्रणमा लिई सव डिभिजन बन कार्यालय शुक्लागण्डकीमा बुझाईएको प्रहरीले जनाएको छ । उक्त कार्यमा संलग्न जिल्ला दाङ तुलसीपुर उपमहानगरपालिका–३  घर भई हाल हाल शुक्लागण्डकी नगरपालिका–६ बस्ने २१ बर्षीय  विमल वली पक्राउ परेका छन् । त्यसैगरी,शुक्लागण्डकी नगरपालिका–६ ग्यारसिङ बस्ने ३२ बर्षीय प्रेम बहादुर बि.क.,सोही स्थान निवासी २५ बर्षीय पदम बहादुर सुनार र शुक्लागण्डकी नगरपालिका–७ बस्ने ३२  बर्षीय सोम बहादुर नेपाली रहेका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए  । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार