नेपाल पत्रकार महासंघ तनहुँ शाखाका सदस्य पत्रकार सुर्यभक्त पौडेलको धर्मपत्नी एवम नेपाल पत्रकार महासंघ तनहुँ शाखाका अध्यक्ष उज्वल पौडेलको भाउजूको निधन प्रति महासंघले शोक बिज्ञप्ती जारी गरेको छ ।
महासंघ तनहुँ शाखाका सचिव प्रताप रानाले आइतबार शोक बिज्ञप्ती जारी गर्दै व्यास–१० सेवर निवासी २९ बर्षीय अप्सरा भण्डारी पौडेलको निधन प्रति तनहुँ शाखा स्तब्ध र दुखी भएको जनाएको छ ।
महासंघले स्वर्गीय पौडेलप्रति हार्दिक श्रद्धाञ्जली अपर्ण गर्दै दिंवगत आत्माको चिरशान्तिको कामना गरेको छ । शोकको यस दुखद् घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामना सहित परिवारजनमा गहिरो समावेदना व्यक्त गर्दछ बिज्ञप्तीमा भनिएको छ ।
गत साउन २५ गते सोमबारका दिन पृथ्वीराजमार्ग स्थित व्यास–५ कन्टार नजिक बस दुर्घटनामा परि सख्त घाइते भएकी पौडेलको उपचारको क्रममा ग्राण्डी अस्पतालमा शनिबार निधन भएको थियो ।
मृतक पौडेलको शनिबार नै सेतीमादी दोभान स्थित डमौलीघाटमा आफ्नो रीति अनुरुप दाहसंस्कार गरिएको थियो । दाहसंस्कार कार्यमा दमौलीका सयौं मानिसहरुको उपस्थिति रहेको थियो ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij