Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

महर्षि वेदव्यास संस्कृत माविको अध्यक्षमा सिग्देल

  • 368
    SHARES
  • 368 Shares
  • व्यासनगरपालिका–३ स्थित महर्षि वेदव्यास संस्कृत माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा तुलसीशरण सिग्देल चयन हुनुभएको छ । आइतबार भएको अभिभावक भेलाले सिग्देलको नेतृत्वमा चार सदस्यीय समिति गठन गरेको छ । समितिको सदस्यमा हेमकान्त लम्साल,सबनम खातुन र बाबुराम परियार चयन भएका छन् । 
    त्यसैगरी शिक्षक प्रतिनिधीमा नरेन्द्र न्यौपाने र सचिवमा आशिका श्रेष्ठलाई चयन गरिएको छ ।  
    त्यसैगरी शिक्षक अभिभावक संघको अध्यक्षमा श्रीकृष्ण सोती चयन हुनुभएको छ । संघको सदस्यहरुमा राजनप्रसाद सिग्देल,दीपक मरासिनी,टोलबहादुर नेपाली,अप्सरा सिग्देल र शर्मिला परियारलाई चयन गरिएको छ । 
    कार्यक्रममा व्यास नगर शिक्षा शाखा प्रमुख नगेन्द्रराज रेग्मी,वडाध्यक्ष प्रेमकुमार श्रेष्ठ र वडा सदस्य रबिन पौडेल लगायतको सहभागिता रहेको थियो । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार