Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

यौन शोषणमा परेकी युवतीलाई महिला मानव अधिकार रक्षक सञ्जालको सहयोग 

  • 247
    SHARES
  • 247 Shares
  • जनचाहना न्युज 
    तनहुँ, ९ जेठ
    बिगत आठ वर्ष अघि आफुमाथि यौन शोषण भएको घटना सार्वजनिक गरेकी एक युवतीलाई महिला मानव अधिकार रक्षक सञ्जाल तनहुँले सहयोग दिएको छ । सन्  २०१४ मा भएको मिस ग्लोबल इन्टरनेशल प्रतियोगितामा सहभागी भएकी सुस्मिता रेग्मीलाई सोही कार्यक्रमको आयोजकले बलात्कार गरेको  घटना  सार्वजनिक गरी प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको हो । देशव्यापी  रुपमा  विरोध भइरहेको बेला सञ्जालले पनि दोषीलाई कारवाहीको माग तथा बलात्कार सम्बन्धि कानुन संशोधनको माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र  बुझाएको हो ।  सञ्जालले सोमबार प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालकै कार्यकक्षमा पुगी दोषी उम्किने वातावरण नबनोस् र पीडीत थप पीडीत बन्ने अवस्था नआओस् भन्दै ज्ञापनपत्र बुझाएको हो ।  उक्त युवती नावालिका हुदाकै उमेरमा कार्यक्रम आयोजकले पेय पदार्थ सेवक गराइ बेहोस बनाइ बलात्कार गरेको तथा तस्वीर भिडियो रेडर्क गरेर ६ महिनासम्म लगातार ब्लाक मेलिङ गर्दै पटकपटक यौन शोषण गरेको घटना सार्वजनिक भएको छ । उक्त घटनाको दोषिलाई कारवाहीको लागि चौतर्फी माग भइरहेको बेला सञ्जालको तर्फबाट समेत ऐक्यवद्धता जनाउदै पीडकलाई सजायको लागि दबाब सिर्जना गर्न ज्ञापनपत्र बुझाइएको सञ्जालकी अध्यक्ष कल्पना पौडेलले जानकारी दिइन् । हदम्याद सम्बन्धी कानुन व्यवस्थाले बल्लतल्ल न्यायको लागि आवाज उठाएकी पीडीतलाई हतोत्साहित गर्ने र अन्य यस्ता प्रकृतिका घटनाबाट पीडित भएकाहरुलाई पनि आवाज उठाउन साहस नआउने भन्दै हदम्याद खारेज गर्नुपर्ने समेत माग गरिएको सञ्जालकी सचिव अन्जना तिमल्सेनाले जानकारी दिइन् । बलात्कार जस्तो जघन्य अपराधमा पीडितहरुले हदम्यादकै कारण न्याय पाउनबाट बञ्चित नहुन भन्ने उद्देश्यले हदम्याद खारेज हुनुपर्ने सञ्जालले माग राखेको छ । पीडितलाई न्याय दिने सन्दर्भमा हदम्यादको कुराले पीडतलाई थप विक्षिप्त बनाउने उल्लेख गर्दै ज्ञापनपत्र मार्फत उक्त कानुन संशोधन तथा खारेजको माग गरिएको छ । उक्त ज्ञापनपत्रमा महिला मानवअधिकार रक्षक सञ्जालको अतिरिक्त क्रियाशिल पत्रकार महिला समूह तनहुँ, सञ्चारिका समूह लगायतका संघसंस्थाले समेत ऐक्यावद्धता जनाएका थिए । यद्यपि सडक देखि सदनसम्म उक्त विषयमा विरोध र बहस  भएपछि प्रहरीले उक्त घटनाका आरोपी मनोज पाण्डेलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । साथै प्रहरीले अहिले घटनासँग जोडिएका अन्य व्यक्तिहरुलाई पनि अनुसन्धानको दायरामा ल्याइने प्रयास समेत गरिरहेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार