जनचाहना न्युज
तनहुँ, ९ जेठ
स्थानीय तह सदस्य निर्वाचन ०७९ को स्वतन्त्र,निष्पक्ष,शान्तिपूर्ण बातावरणमा सम्पन्न भएकोमा प्रमुख जिल्ला अधिकारी बिश्वप्रकाश अर्यालले धन्यबाद ज्ञापन गरेका छन् । प्रजिअ अर्यालले सोमबार एक बिज्ञप्ती जारी गर्दै निर्वाचनमा खटिने जनशक्तिलाई धन्यबाद व्यक्त गरेका हुन् । जिल्लाको निर्वाचनमा छिटफुट बाहेक समग्र निर्वाचन प्रक्रिया शान्तिपूर्ण रुपमा सम्पन्न भई परिणाम समेत घोषणा भैसकेको प्रति प्रजिअ अर्यालले धन्यबाद ज्ञापन व्यक्त गरेका हुन् । प्रजिअ अर्यालले समग्र निर्वाचनमा सहज वातावरणमा सम्पन्न गर्नको लागि महत्वपूर्ण योगदान पुराएका महानुभावलाई धन्यबाद व्यक्त गरेका हुन् । यस कार्यमा अहोरात्र खटनुहुने राजनीतिक दल,उम्मेद्वार,निर्वाचनमा खटिएका राष्ट्रसेवक कर्मचारी,जिल्ला स्थित सुरक्षा निकाय,संञ्चारकर्मी,पर्यवेक्षक,मतदाता तथा आम जिल्लाबासीहरुमा धन्यबाद व्यक्त गरेका हुन् ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij