Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

स्थानीय तहको निर्वाचन ः  शान्तिपूर्ण बातावरणमा प्रजिअ अर्याल  

  • 219
    SHARES
  • 219 Shares
  • जनचाहना न्युज 
    तनहुँ, ९ जेठ
    स्थानीय तह सदस्य निर्वाचन ०७९ को स्वतन्त्र,निष्पक्ष,शान्तिपूर्ण बातावरणमा सम्पन्न भएकोमा प्रमुख जिल्ला अधिकारी बिश्वप्रकाश अर्यालले धन्यबाद ज्ञापन गरेका छन् । प्रजिअ अर्यालले सोमबार एक बिज्ञप्ती जारी गर्दै  निर्वाचनमा खटिने जनशक्तिलाई धन्यबाद व्यक्त गरेका हुन् । जिल्लाको निर्वाचनमा छिटफुट बाहेक समग्र निर्वाचन प्रक्रिया शान्तिपूर्ण रुपमा सम्पन्न भई  परिणाम समेत घोषणा भैसकेको प्रति प्रजिअ अर्यालले धन्यबाद ज्ञापन व्यक्त गरेका हुन् । प्रजिअ अर्यालले समग्र निर्वाचनमा सहज वातावरणमा सम्पन्न गर्नको लागि महत्वपूर्ण योगदान पुराएका महानुभावलाई धन्यबाद व्यक्त गरेका हुन् । यस कार्यमा अहोरात्र खटनुहुने राजनीतिक दल,उम्मेद्वार,निर्वाचनमा खटिएका राष्ट्रसेवक कर्मचारी,जिल्ला स्थित सुरक्षा निकाय,संञ्चारकर्मी,पर्यवेक्षक,मतदाता तथा आम जिल्लाबासीहरुमा धन्यबाद व्यक्त गरेका हुन् । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार