Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

तनहुँमा सवारी दुर्घटना ः आमाको मृत्यु,छोरा घाइते

  • 498
    SHARES
  • 498 Shares
  • जनचाहना न्युज
    तनहुँ १० जेठ 
    यात्रुबाहक बसले स्कुटरलाई ठक्कर दिदाँ मंगलबार तनहुँमा आमाको मृत्यु भएको छ भने छोरा सख्त घाइते भएका छन् । प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा परि मृत्यु हुनेमा जिल्लाको भिमाद नगरपालिका–२ निवासी ४० बर्षकी पार्वती थापा रहेकी छिन् ।   बसको ठक्करबाट गम्भीर घाइते थापाको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।   पृथ्वीराजमार्ग सडक खण्ड अन्र्तगत तनहुँको व्यास नगरपालिका–५ मोचाबारीमा बसले स्कुटरलाई ठक्कर दिदाँ स्कुटरको पछाडि सवार ती महिलाको मृत्यु भएको    हो ।  पोखराबाट दमौली तर्फ आउँदै गरेको ना ४ ख ८४४५ नंम्बरको बसले सोही दिशामा गुडिरहेको ग २० प ६३३६ नम्बरको स्कुटरलाई ठक्कर दिदाँ उक्त दुर्घटना भएको हो । बसको ठक्करबाट सख्त घाइते स्कुटर चालक सोही ठाउँ निवासी २० बर्षीय सुसिर थापाको पोखरा स्थित फिस्टेल अस्पतालमा उपचारको लागि पठाइएको छ ।  सवारी दुर्घटनामा परि मृत्यु भएकी महिला घाइते सुसिरको आमा भएको बुझिएको   छ ।  ठक्कर दिने उक्त बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।   

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार