जिल्ला प्रहरी कार्यालय तनहुँले काठ चोरी मुद्दाका फरार प्रतिबादीलाई चौविस बर्ष पछि आइतबार पक्राउ गरेको छ ।
जिल्लाको आँबुखैरेनी–४ खस्राङ निवासी ५८ बर्षीय नन्द बहादुर गुरुङलाई पक्राउ गरेको छ ।
तनहुँ जिल्ला अदालतले एक बर्ष एक महिना कैद र रु.४७ हजार ६ सय पाँच जरिवाना तोकेकोमा निज फरार हुदै आएका थिए ।
अदालतले बिसं ०५४ साल पौष २४ गते र ०७० भदौ १९ गते गरी दुई पटक फैसला सुनाएको थियो ।
त्यसैगरी लागुऔष मुद्दाका फरार आँबुखैरेनी–४ अश्राङ निवासी २९ बर्षीय राजु आलेलाई प्रहरीले पक्राउ गरेको छ । तनहुँ जिल्ला अदालतको बिसं ०७६ जेठ २६ गतेको फैसलाले नौ महिना २५ दिन कैद र रु.पाँच हजार जरिवाना सुनाएको थियो ।
फरार दुबै प्रतिबादीलाई प्रहरीले कैद तथा जरिवाना भुक्तानको लागि तनहुँ जिल्ला अदालत समक्ष पेश गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सेनाले बताउनुभयो ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij