Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

व्यासमा नव निर्वाचित जनप्रतिनिधीको पहिलो निर्णय ः दलितमैत्री व्यास बनाइने,अन्य के के गरिए निर्णय ?

  • 479
    SHARES
  • 479 Shares
  • जनचाहना न्युज 
    तनहुँ ११ जेठ 
    नव निर्वाचित व्यास नगर कार्यपालिकाको पहिलो बैठक बुधबार सम्पन्न भएको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले एघार बुद्वे निर्णय गरेको छ । संवैधानिक एवं कानूनी व्यवस्था अनुसार नगरपालिकामा छुवाछुतको अन्त्य गर्दै दलित मैत्री व्यास नगरपालिका बनाउने निर्णय गरेको छ ।  बिपन्न व्यास नगरवासी,स्वास्थ्य वीमा नभएका ज्येष्ठ नागरिकहरुको स्वास्थ्य वीमा, कृषि पशुधनमा बीमालाई प्राथामिकतामा राखेको व्यास नगरपालिकाका सुचना प्रविधि अधिकृत बिशाल पण्डितले जानकारी दिए ।  
    गतबर्षका अधुरा योजनाहरु र आर्थिक सामाजिक, भौगोलिक, शारीरीक कारणले पछाडि परेका वर्ग र क्षेत्रलाई विशेष प्राथमिकता दिई विकास प्रकृया अघि बढाउने निर्णय गरेको छ ।  नगरपालिका भित्रका पुरातात्विक महत्वका माटाका घरहरुलाई संरक्षण गर्दै अति विपन्न नगरवासीको फुसका छाना एवं माटाका घरहरुलाई लागत साझेदारीमा हटाइने निर्णय गरेको छ । अभिभावक विहिन, विपन्न  र शिक्षाको पहुँचमा नरहेका बालबालिकालाई व्यास नगरपालिका वडा नं ७ शेषमटारमा तयारी अवस्थामा रहेको व्यास नगर समता विद्यालयलाई यसै शैक्षीक वर्ष देखि सञ्चालनमा ल्याइने निर्णय गरेको उनले बताए ।  आगामी आ.ब २०७९÷८० को बार्षिक नीति तथा वजेट कार्यक्रम तयारीको प्रकृयामा टोल विकास संस्था समेतको सहभागितामा २०७९ जेष्ठ २९ गते भित्र वडागत योजना, नगरस्तरीय योजना सिफारिस गर्न गराउन सम्बन्धित वडा समितिलाई निर्देशन दिने निर्णय गरेको छ ।  आगामी आ.ब.को व्यास नगरपालिकाको नीति तथा वजेट कार्यक्रमका बारेमा व्यास नगर भित्रका विभिन्न क्षेत्रका बिज्ञहरुसँग राय सुझाबका लागि परामर्श वैठक ज्येष्ठ महिना भित्र आयोजना गर्ने निर्णय गरेको छ । निर्वाचन सम्पन्न गर्न सहयोग पुर्याउनुहुने निर्वाचन आयोग, नेपाल सरकार, राजनैतिक दल, जिल्ला स्थित सम्बद्द निकाय,कर्मचारी, सुरक्षा निकायलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ । व्यास नगरपालिका अन्तरगत सरसफाईलाई दीर्घकालिन व्यवस्थापन गर्न आवश्यक जग्गा खरिद एवं ऐलानीप्रति जग्गाको सदुपयोग गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ । जसमा संयोजक काशिराम श्रेष्ठ, सदस्य मनबहादुर गुरुङ, सदस्य अनुप राना,सदस्य यज्ञ शर्मा, सदस्य प्राविधिक दुई जना र सदस्य सचिव कृष्णराज घिमिरेलाई चयन गरेको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार