जनचाहना न्युज
तनहुँ १२ जेठ
गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट भारी मतले बिजयी व्यास नगरपालिका १ का नवनिर्वाचित वडाध्यक्ष रमेशचन्द्र हड्खलेले पदभार सम्हालेका छन् । वडाध्यक्ष हड्खलेले पदभार सम्हालेसंगै जनताको सेवामा हाजिर भएर काम शुरु गर्न थालेका छन् । जिउँदो सहिदको रुपमा परिचित हड्खलेले व्यास नगरपालिका वडा नं १ लाई नमुना वडा बनाउन सबै राजनीतिक दल,टोलबासीको सुझाब सल्लाह लिएर अघि बढ्ने बताएका छन् । वडा सचिव साबित्री आचार्यको अध्यक्षतामा बुधबार सम्पन्न स्वागत कार्यक्रम पश्चात आफुले पदभार सम्हालेको वडाध्यक्ष हड्खलेले बताए । उक्त कार्यक्रममा पूर्व वडाध्यक्ष,सदस्य,बिपक्षी राजनीतिक दका नेता,टोलबासी,आमा समुह लगायतको सहभागिताले रहेको थियो । त्यसैगरी अन्य वडाका जनप्रतिनिधीहरु सपथ ग्रहण पश्चात पदभार सम्हाली जनताको सेवामा लागि सकेका छन् ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij