जनचाहना न्युज
तनहुँ १२ जेठ
शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले जनतालाई मुस्कान सहितको सेवा दिन बिहीबार कर्मचारीहरुलाई निर्देशन दिएका छन् । शाखा प्रमुखहरुसँगको अन्र्तक्रिया कार्यक्रममा नगरप्रमुख पण्डितले नगरपालिकामा आएका जनतालाई मुस्कान सहितको सेवा प्रदान गर्न आग्रह गरेका हुन् । अहिलेका जनताले परिवर्तन चाहेका छन्,‘अब हामी पनि परिवर्तन हुदै सेवा प्रवाह गर्नुपर्नेमा उनले जोड दिए । सेवाग्राहीले गेटबाट पस्ने वित्तिकै नयाँ अनुभुति गरुन् । उनले भने–उनीहरुले कर्मचारीबाट राम्रो व्यवहार पाउन् त्यसको लागि मुस्कानसहितको सेवा आवश्यक छ । नगरपालिकामा धेरै काम गर्नुपर्ने भएकाले कर्मचारीको सहयोेग अपरिहार्य रहेको नगरप्रमुख पण्डितले बताए । जनप्रतिनिधि एक्लैले चाहेर मात्रै सबै काम गर्न नसक्ने हुँदा त्यसको लागि सबै कर्मचारीले सहयोग गर्नुपर्ने उनले बताए । त्यसैगरी, उपप्रमुख खुमबहादुर बिकले निष्पक्ष र इमान्दार भएर काम गर्न कर्मचारीलाई निर्देशन दिए । विकास निर्माण र जनताको आधारभुत आवश्यकता परिपुर्तिका लागि नगरपालिकाले सदैव सहयोग गर्न तत्परता रहेको बताए । अन्र्तक्रिया कार्यक्रममा नगरपालिकाले अहिलेसम्म भए,गरेका कामहरुको प्रगतिको बारेमा विभिन्न शाखा प्रमुखहरुले जानकारी गराएका थिए । प्रमुख प्रसासकीय अधिकृत लिलाबल्लभ न्यौपानेले जनप्रतिनिधिले ऐन नियममा रहेर जिम्मेवारी निर्वाह गर्नुपर्ने र त्यसको लागि कर्मचारीको साथ सहयोग सदैव रहि रहने बताए । पछिल्लो समय जनप्रतिनिधिले टुक्रे योजनालाई प्राथमिकता दिएको पाइएको हुँदा अब टुक्रे भन्दा पनि ठुलो योजनालाई प्राथमिकता दिएर अघि बढ्नुपर्नेमा सुझाव समेत दिएका थिए ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij