Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

व्यासनगरपालिका–१ का वडासदस्य दाहाललाई मातृशोक

  • 391
    SHARES
  • 391 Shares
  • व्यासनगरपालिका–१ का वडा सदस्य चुडामणि दाहाल र टुक प्रसाद दाहाललाई मातृशोक परेको छ । आमा दमयन्तीको ८१ बर्षको उमेरमा  आइतबार दिउँसो निधन भएको हो ।  दम र मुटु रोगबाट ग्रसित उहाँ  करिब एक महिना देखि बिरामी हुनुहुन्थ्यो । अस्पतालमा उपचार पश्चात उहाँलाई केही दिन अघि मात्रै घरमा ल्याइएको थियो ।  
    दाहालको निधन पश्चात श्रद्धाञ्जली दिन डमौलीघाटमा पार्टीका नेता तथा कार्यकर्ता,शुभचिन्तक,आफन्त,इष्टमित्रहरुले सहभागिता जनाएका थिए । 
    नेपाली काँग्रेसका जिल्ला सभापति एवं व्यासनगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपाने र जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले लगायतकाले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो ।
    मृतकका कान्छा छोरा चुडामणी दाहाल नेपाली काँग्रेस व्यासनगर कमिटीका सचिव,नेशनल एपोलो अस्पतालका संञ्चालक,मेलमिलाप कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष,नेपाल हृदयरोग निवारण प्रतिष्ठान तनहुँका उपसभापति लगायतका विभिन्न संघसंस्था र सामाजिक अभियान्तको रुपमा सक्रिय व्यक्तित्व हुनुहुन्छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार