जनचाहना न्युज
तनहुँ १३ जेठ प्रतिकात्मक तस्बीर ः
जिल्ला प्रहरी कार्यालय तनहुँले लागुऔषध मुद्दामा फरार रहेका दुई व्यक्तिलाई पक्राउ गरेको छ । जिल्लाको लमजुङ सुन्दर बजार नगरपालिका वडा नं.६ बस्ने बर्ष २६ को सुजन तामाङ र सोही वडा नं. ८ बस्ने बर्ष ३२ को आईते तामाङलाई प्रहरीले पक्राउ गरेको हो । तनहुँ जिल्ला अदालतले उनीहरु उपर बिसं ०७८ साल असोज ९ गतेको फैसलाले जनही २ बर्ष कैद र जनही रु.दुई लाख रुपैयाँ हुने गरी फैसला गरेको थियो । उक्त कैद तथा जरिवाना भुक्तान नगरी हालसम्म फरार रहेका उनीहरुलाई पक्राउ गरी अदालत समक्ष उपस्थित गराइएको प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij