जनचाहना न्युज
तनहुँ १४ जेठ
सबैका लागि मानव अधिकार पहुँचयुक्त दिगो विकाास मूल आधार भन्ने मूल नाराका साथ तनहुँको बन्दिपुरमा नीतिगत सम्बाद सम्पन्न भएको छ । इन्टरनेशनल नेपाल फेलोसी,इन्सेक र अपाङ्गता स्वालम्बन विकास संघ डिडाको संयुक्त आयोजनामा सेवाग्राही र प्रदायक निकाय बीच शिक्षाको अधिकार सम्बन्धी उक्त संम्बाद कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रमको बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले शिक्षाको पहुँच निम्नस्तरसम्म पुराउन गाउँपालिकाले योजना बनाएर अघि बढ्न लागेको बताए । अपाङगंता बालबालिकाहरुका लागि सहज वातावरण र समावेशीका लागि सरकारी शिक्षालाई रोजाईको शिक्षा बनाउने योजना रहेको उनले बताए । स्पष्ट नीति र तथ्याङ्ग संकलन गरी शिक्षा क्षेत्रमा पारदर्शिता किसिमले काम गर्ने योजना रहेको उनले बताए । अभिभावकले आफ्ना बालबालिकाहरुका लागि शिक्षामा बिशेष ध्यान दिन सके विद्यार्थीले बीचैमा कक्षा छाड्ने प्रवृत्तिमा कमी आउने उनले बताए । इन्सेक पोखराका कोडिनेटर शिब खकुरेलले इन्सेकले शिक्षा,स्वास्थ्य,खाद्य लगायतको क्षेत्रमा काम गर्दै आएको बताए । भौतिक विकासलाई मात्रै विकास मान्ने सोचलाई चिर्दै मानवीय विकास संगसंगै लैजाने सके मात्रै विकासले फड्को मार्न सक्ने बिचार व्यक्त गरे । राष्टिय अपाङ्गता महासंघ नेपालका केन्द्रिय अध्यक्ष मित्रलाल शर्माले नेपाल सरकारले सात वटै प्रदेशमा अस्पताल सहितको सुविधा सम्पन्न पुर्नस्थापन केन्द्र बनाएर शिक्षा प्रदान गर्न लागेको उल्लेख गरे । तीन वटै सरकारको साझेदारीमा अपाङगंता बालबालिकालाई सहज शिक्षामा जोड दिनुपर्ने बताए । डिडा नामक संस्थाका अध्यक्ष दीपक तिमिल्सेनाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बौद्धिक अपागंता अभिभावक महासंघका अध्यक्ष एवं राष्टिय अपागंता महासंघ नेपालका महासचिव राजु बस्नेत, राष्टिय अपागंता महासंघ गण्डकी प्रदेशका अध्यक्ष खुमराज शर्माले कार्यक्रमका बारेमा प्रकाश पारेका थिए ।
डिडा नामक संस्थाका अध्यक्ष दीपक तिमिल्सेनाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा हरियो खर्क अस्पतालका प्रवन्धक बिष्णु गिरी, शिक्षा विकास तथा समन्वय इकाई तनहुँका प्रमुख बसन्तराज पौडेल,व्यास शिक्षा शाखाका प्रमुख नविन पराजुली,अपाङगता स्वलम्बन विकास संघका कार्यक्रम संयोजक गिरीधारी सुवेदी शर्मा लगायतका वक्ताहरुले अपागंता बालबालिकाको शिक्षाको लागि नीतिगत र व्यवहारिक रुपमा समेट्दै प्रतिबद्दता व्यक्त गरेका थिए । कार्यक्रममा सिन्धु आधारभूत विद्यालयकी शिक्षिका सीता कुवँर,दृष्टिबिहीन कृष्ण अधिकारी लगायतका सहभागिहरुले अपाङगता बालबालिका प्रति हेरिने व्यवहारमा अझै सुधार आउन नसकेको बताएका थिए ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij