Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

बन्दिपुरमा पाँच दिने पत्रकारिता तालिम

  • 258
    SHARES
  • 258 Shares
  • जनचाहना न्युज 
    तनहुँ १४ जेठ 
    नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको आयोजना तथा तनहुँ शाखाका समन्वय र कानून तथा प्रदेश सभा मामिला मन्त्रालयको आर्थिक सहयोगमा तालिम शुरु भएको छ । शुक्रबार देखि शुरु भएको उक्त तालिम पाँच दिनको हुनेछ । तीन दिन बन्दिपुरमा र दुई दिन फिल्ड रिपोटिङ्ग दमौली गरी तालिमको समापन गरिने बताइएको छ । उक्त तालिमको बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले उद्घाटन गरे । सो अवसरमा बोल्दै अध्यक्ष थापाले चौथो अंगको रुपमा रहेको संञ्चार जगतले निष्पक्ष र बिश्वासिलो समाचार संम्प्रेषण गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा मन्त्रालयका अधिकृत माधव पौडेलले संञ्चारकर्मीहरुको क्षमता अभिबृद्धि गर्नको लागि समयको माग अनुरुपमको तालिम प्रदानको लागि सहकार्यमा तालिमको आयोजना गरिएको बताए । पत्रकार महासंघ तनहुँ शाखाका अध्यक्ष उज्वल पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशकी उपाध्यक्ष सोनी शर्मा,तनहुँ शाखाका पूर्व अध्यक्ष प्रेमप्रसाद पौडेल,निवर्तमान अध्यक्ष ओमकार आचार्य लगायतका वक्ताहरुले संञ्चारकर्मीको क्षमता अभिबृद्धिका लागि तालिम प्रदान गरिएको बताएका थिए । उक्त तालिममा बरिष्ठ पत्रकार मोहन मैनाली प्रशिक्षक रहेका छन् । उक्त तालिममा जिल्लाका ५० जना संञ्चारकर्मी सहभागि रहेका छन् । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार