Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

सत्यवतीको अध्यक्ष पद कसले हत्याउला ? चार जना देखिए आकाक्षी ?

  • 396
    SHARES
  • 396 Shares
  • व्यासनगरपालिका–२ स्थित सत्यवती माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पद कसले हत्याउला भनेर सर्वत्र चासो हुन थालेको    छ । अध्यक्ष पदका आकाक्षीहरुमा सुरेश वाग्ले,माधव अधिकारी,सूर्य चन्द्र लम्साल र करुण काफ्लेले आकाक्षी देखाएपछि सर्वत्र चासोको रुपमा हेर्न थालिएको छ ।  
    गुणस्तरीय शिक्षामा जिल्ला देखि राष्ट्रियस्तरमा समेत ख्याति कमाउन सफल भएको उक्त विद्यालयको अध्यक्ष पद हत्याउन राम्रै कसरत गर्नुपर्ने देखिएको छ । चारै जना आकाँक्षीहरु यतिबेला आफ्नो पक्षमा नेतृत्व हत्याउन दौडधुपमा लागेको बताइएको छ । चारै जनाले अध्यक्षमा आकाक्षी देखाएपछि सहमतिमा टुङ्ग्याउन नसकिए निर्वाचनमा जाँदा कडा प्रतिस्पर्धा हुने देखिएको छ । उक्त बिद्यालयमा करिब दुई हजार ६ सय बिद्यार्थीहरु  अध्ययनरत छन् । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार