जनचाहना न्युज
तनहुँ १६ जेठ
अखिल नेपाल महिल संघ जिल्ला कमिटी तनहुँले प्रधानमन्त्री शेर बहादुर देउवालाई सोमबार ज्ञापनपत्र बुझाएका छन् । संघका अध्यक्ष बिष्णुमाया ढकालको नेतृत्वमा गएको टोलीले प्रजिअ बिश्वप्रकाश अर्याल मार्फत प्रधानमन्त्री ज्ञापनपत्र बुझाएका हुन् । महिला बिरुद्दको हिसाँ,यौनजन्य दुव्र्यवहार,बलात्कार पछि हत्या जस्ता गम्भीर प्रकृतिका घट्नाका साथै जनता महँगीको मारमा परेको बिषय लिएर ज्ञापनपत्र बुझाएका हुन् ।
अन्तराष्ट्रियस्तरमा पेट्रोलियम पदार्थको मूल्य बढेको बहानमा सत्ता गठबन्धनले पेट्रोल,डिजेल र खाना पकाउने ग्याँसको मूल्य दोब्बर बढाएको प्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । महँगीका कारण सर्वसाधारण जनताको जीवन अस्तव्यस्त भएको सो बिज्ञप्तीमा उल्लेख गरिएको छ । स्थानीय तहको निर्वाचनमा समानुपातिक समावेशी अधिकारहरु कुण्ठित पारिएको उल्लेख गरिएको छ । जिल्लाका प्राय पालिकाका प्रमुख र उपप्रमुखको उम्मेद्वारी दिदाँ पुरुषलाई मात्र प्रथामिकतामा राखिएको सो बिज्ञप्तीमा जनाइएको छ ।
हिसाँ पीडितको संरक्षणका साथै प्रभावितलाई तत्काल क्षतिपूर्ति सहितको दु्रत न्याय प्रणाली मार्फत दोषीलाई कडा कारबाहीको माग गरेका छन् । त्यसैगरी पेट्रोल,डिजेल र खाना पकाउने ग्याँस लगायतका दैनिक उपभोग्य बस्तुको मूल्य नियन्त्रण गरी सर्वसुलभ मूल्यमा पाउन र कृत्रिम अभाव रोक्न तत्काल बजार अनुगमन गरी दोषीलाई कारबाही गर्न जोडदार माग गरेका छन् ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij