जनचाहना न्युज
पोखरा १७ जेठ फोटो सौजन्य ः बिशाल
पोखरा विमानस्थलमा तेलको ट्यांकर पल्टिएपछि उडान अवरुद्ध भएको छ । हवाईजहाजमा तेल भर्न जाँदै गर्दा ट्यांकर पल्टिएको हो । पोखरामा हुने बिहानका उडानहरु अवरुद्ध बनेका पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीले जानकारी दिए । विमानस्थलमा तेल पोखिए पनि आगो भने लाग्न नपाएको बताइएको छ । अहिले क्रेनले पल्टेको ट्यांकर उठाउने र तेल पोखिएको स्थानमा सफा गर्ने काम जारी छ । विमानस्थलमा दमकलसहित इमर्जेन्सी अपरेशन तयारी अवस्थामा राखेर काम भैरहेको पोखरा विमानस्थल कार्यालयले जनाएको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij