Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

व्यासका  प्रमुख प्रशासकीय अधिकृत सिग्देललाई सुकुम्वासीले बुझाए ध्यानाकर्षण पत्र 

  • 434
    SHARES
  • 434 Shares
  • जनचाहना न्युज 
    तनहुँ १६ जेठ 
    व्यास नगरपालिकावडा नं १०,११ र १२ का सुकुम्बासी नागरिकले मंगलबार व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देललाई ध्यानाकर्षण पत्र बुझाएका छन् । भूमिहीन,दलित सुकुम्बासी र अव्यवस्थित बसोबासी जनताको रेर्कड अपडेट गरेर दु्रत गतिमा काम अघि बढाउन माग गर्दै सुकुम्बासीका प्रतिनिधी पृथ्वी भुजेलले ध्यानाकर्षण पत्र बुझाएका हुन् । व्यास नगरपालिकाले सबै वडामा एक हप्ताभित्र भूमिहीन सुकुम्बासीका समस्यालाई सम्बोधन हुने गरी काम गर्न उनीहरुको जोडदार माग रहेको छ ।  सो अवसरमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत सिग्देलले सरकारले भूमिहीन सुकुम्वासीलाई भूमिको पति बनाउने गरी प्रक्रिया अघि बढाएको उल्लेख गर्दै जनशक्ति परिचालन गरेर जति सक्दो चाँडो काम गर्ने तर्फ लाग्ने प्रतिबद्दता व्यक्त  गरे ।  भूमि आयोग र व्यास नगरपालिकाका कर्मचारी संयुक्त रुपमा खटाएर भएपनि सुकुम्बासीका समस्याका बारेमा काम गर्न आफु सकारात्मक भएर अघि बढ्ने उनले बताए । व्यासका बरिष्ठ इन्जिनियर रबिन्द्रलाल मुलले लगत संकलन र तथ्याङ्क इन्ट्री गर्ने कार्य झन्झाटिलो हुनु र जनशक्ति कमी भएका कारण सोचे अनुरुप काम गर्न नसकिएको बताए ।  एक जना कर्मचारीले दिनभरीमा दश देखि तेह्र वटासम्म तथ्याङ्क इन्ट्री गर्न सक्ने हुँदा ढिलाई भएको हो उनले भने– तथ्याङ्क इन्ट्री भैसकेका वडाहरुमा अमिन लगेर नापजाँच गर्न सकिने छ । मुलका अनुसार हालसम्म व्यासमा दश हजार तथ्याङ्क इन्ट्री भैसकेको छ ।  भूमि आयोग तनहुँका बिज्ञ सदस्य श्रीराम कार्कीले स्थानीय सरकारले स्थानीय पालिका मार्फत वडा कार्यालयबाट तथ्याङक संकलन गरी अपडेट गर्नुपर्ने कार्यमा ढिलासुस्ती भएकोले आयोगले काम गर्न नपाएको बताए । भूमिहीन,अव्यवस्थित बसोबास गर्ने नागरिकहरुले दैनिक भूमि आयोगमा आएर कराउन थालेपछि दु्रत गतिमा काम गर्न दबाब दिने उद्देश्यले व्यास नगरपालिका कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको बिज्ञ सदस्य कार्कीले बताए । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार