जनचाहना न्युज
तनहुँ १७ जेठ
दमौलीको भोर्लेटार चोकमा साँझ ८ बजेको समयमा बेवारिसे अवस्थामा भेटिएका बालकका अभिभावक जिल्ला प्रहरी कार्यालयमा पुगेका छन् । बालक हराएको जानकारी जनचाहना न्युज अनलाइनमा अपलोड गरेसंगै बालकको आमा सबिना परियार प्रहरी समक्ष पुगेकी हुन् । अनव्यासनगरपालिका ४ निवासी परियारको ३ बर्षीय छोरा युसान परियारलाई प्रहरीले बेवारिसे अवस्थामा फेला पारेपछि संरक्षण गरी जिल्ला प्रहरी कार्यालयमा राखेको थियो । छोरा हराएर चिन्तित बनेकी आमा सबिना छोरा फेला परेपछि खुशी भएर घरमा लगेकी छिन् ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij