जनचाहना न्युज
तनहुँ १८ जेठ
जिल्लाको ऋषिङ्ग गाउँपालिका वडा नं ५ स्थित सपाङ्गदी रुपटार सडक खण्ड जेठ २० गतेसम्म अबरुद्द हुने भएको छ । यही जेठ १२ देखि उक्त सडक खण्डमा निर्माण कार्य भैरहेको र त्यसपछि लगत्तै कालोपत्रे हुने भएकोले सडक अवरुद्द गरेको हो । आवतजावतमा आमनागरिकमा पर्न गएको असुविधा प्रति वडा कार्यालय क्षमाप्रार्थी रहेको बताइएको छ । उक्त सुचनालाई आधार मानेर पालना गर्न समेत अनुरोध गरिएको वडाध्यक्ष बुद्धिमान रानामगरले जानकारी दिए। 