Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

भिमाद बुढाकोटका बिकलाई जस्तापाता हस्तान्तरण  

  • 233
    SHARES
  • 233 Shares
  • जनचाहना न्युज
    तनहुँ १९ जेठ 
    भिमाद नगरपालिका वडा नं ५ बुढाकोट बेसारेडाँडा निबासी सन्त बहादुर बिकलाई घर छाउन जस्ता पाता हस्तान्तरण गरिएको छ । नेकपा माओवादी केन्द्र भिमाद नगर समितिको पहलमा खरको छाना हटाएर जस्तापाताले घर छाउन प्रदान गरेको हो । खरको छानो भएकाले घर जीर्ण अवस्थामा पुगेकोले स्थानिय सरकारलाई पटक पटक ध्यानाकर्षण गराउँदा पनि कुनै चासो नदिएपछि नेकपा माओ वादी केन्द्र भिमाद नगर समितिले पहल गरेको हो । बिकलाई १८ पाता जस्ता, प्लेन सिट र किला काँटी हस्तान्तरण गरिएको नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सदस्य मदन आलेले जानकारी दिए ।  जेष्ठ ९ गतेका दिन बिकले श्रीमति सुन्तली बिक बिरामी भएको, घरको छानो हावाले उडाएकोले पानी पर्दा बस्ने ठाउँ नभएको जनकारी गराएपछि लगत्तै सहयोग गरिएको उनले बताए । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार