जनचाहना न्युज
तनहुँ १९ जेठ
तनहुँको बन्दिपुर गाउँपालिकाको प्रवक्तामा शिव कुमार श्रेष्ठलाई छनौट गरिएको छ । गाउँपालिकाको बिहीबार सम्पन्न प्रथम कार्यपालिकाको बैठकले श्रेष्ठलाई प्रवक्तामा चयन गरेको हो । बन्दिपुर १ का वडाध्यक्ष समेत रहेका श्रेष्ठ युवा,जुझारु र स्पष्ट वक्ताहरुको रुपमा परिचित रहेका छन् । वडाध्यक्ष श्रेष्ठले वडामा उदाहरणीय काम गरेर देखाउनेमा वडाबासी आशाबादी भएका छन् ।