जनचाहना न्युज
तनहुँ २१ जेठ
खाना पकाउने सिलिण्डर ग्याँस पड्किदाँ तनहुँमा एक बालिकाको ज्यान गएको छ । जिल्लाको भिमाद नगरपालिका–९ च्यानडाँडा निवासी शिवनारायण क्षेत्रीको ११ बर्षीय छोरी सुबेक्षा केसी क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । सिलिण्डर ग्याँसमा अचानक आगलागि भई पड्किदाँ बालिकाको जलेर घट्नास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए । मृतकको शव दमौली अस्पतालमा राखि पोष्टमार्टमको लागि तयारी भैरहेको प्रहरीले जनाएको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij