जनचाहना न्युज
तनहुँ २१ जेठ
पृथ्वीराजमार्ग सडक खण्ड अन्र्तगत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा शनिबार साँझ सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको बन्दिपुर–१ निवासी २१ बर्षीय स्कुटर चालक ईश्वर क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । टिप्परको ठक्करबाट सख्त घाइते क्षेत्रीको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग १ क ५५३३ नम्बरको टिप्परले बिपरीत दिशामा गुडिरहेको ग १५ प १४८४ नम्बरको स्कुटरलाई ठक्कर दिदाँ उक्त घट्ना भएको हो । टिप्पर चालकलाई प्रहरी नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए । घट्ना पश्चात स्थानीयबासीले पृथ्वीराजमार्ग सडक खण्ड अबरुद्द गरेका छन् । अबरुद्द राजमार्ग खुलाउन प्रहरीले पहल गरिरहेको बताइएको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij