Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

आँबुखैरेनीको मस्र्याङ्गदी डयामका कारण चौध घरधुरीको उठिबास  हुने खतरामा ! (फोटो फिचर सहित)

  • 739
    SHARES
  • 739 Shares
  • एस.बि.नेपाली 
    जनचाहना न्युज 
    तनहुँ २६ जेठ 
    जिल्लाको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँट स्थित मस्र्याङ्गदी जलबिद्युत आयोजना अन्र्तगत डयामको कटानका कारण प्रभावित त्यसक्षेत्रका चौध घरधुरी उच्च जोखिममा रहेका छन् । ६९ मेगाावट बिद्युत उत्पादन क्षमता रहेको मस्र्याङ्गदी जलबिद्युत आयोजनाको ड्यामले बस्ती डुबान र कटान गर्दै जाँदा उक्त घरपरिवारको उठिबास हुने अवस्था देखिएको हो ।   ड्यामले ओइलेनी जग्गा मिच्दै आएर अहिले व्यक्तिको नम्बरी जग्गा समेत कटान गर्दा मानवबस्ती जोखिममा रहेको मस्र्याड्दी जल उत्पन्न प्रकोप संघर्ष समितिका अध्यक्ष बिष्णु पराजुलीले जानकारी दिए ।   मानवीय क्षति हुने खतरा देखिएकोले जतिसक्दो चाँडो आयोजनाले मुआव्जा दिएर सुरक्षित स्थानमा स्थान्तरण गर्न स्थानीयबासीले माग राख्दै आएका छन् ।

    ph dyam.jpg

    ड्यामका कारण आँबुखैरेनी– १ घरबस्ती जोखिममा नपरेपनि ३६ रोपनी क्षेत्रफल कटान गरेको स्थानीयबासीले गुनासो पोखे ।    मेशिनरी वाल लगाइदिएर बस्ती सुरक्षित गरिदिन पटक पटक आग्रह गरेपनि आयोजनाले बेवास्ता गर्दै आएको समितिका अध्यक्ष पराजुलीले बताए । fबर्षायामको समयमा आएर ग्याबिन जाली भरेर झारा टार्ने काम भएको छ । उनले भने ‘समयमै उचित व्यवस्थापन नगरिए ठुलो मानवीय क्षति हुने संम्भावना देखिएको छ ।’ विसं ०७८ साल असार १ गते आएको अबिरल बर्षाका कारण मस्र्याङ्दीे डयाम आसपास क्षेत्रका बस्तीमा क्षति पुराउँदा जोखिम बढ्दै गएको स्थानीय पीडित सुन्दर बहादुर बानियाँ बताए । बाढीले क्षति बनाएको थाहा पाएपछि गत बर्षको असार १५ गते विद्युत आयोजनालाई संरक्षणको लागि जानकारी गराएपनि हालसम्म कुनै सुनुवाई नभएपछि चरणबद्द आन्दोलनको घोषण गरिएको उनले बताए । 
    हाम्रा पीडा सुनुवाई नभए डयाम खोल्न लगाएर बिद्युत उत्पादन कार्य बन्द गर्ने,कर्मचारीलाई कार्यालयमा प्रवेश रोक,सडक आन्दोलन गर्ने लगायतका कार्यक्रम रहेको छ । उनले भने  ‘ड्याममा यस अघि दुई बालक सहित पाँच जनाले अकालमा ज्यान गुमाउनु पर्यो,अझै पनि गुमाउनुपर्ने उत्तिकै खतरा बढेको ।’ 

    parajuli.jpgस्थानीय तारा मगरले करिब रु.डेढ करोडको लगानीमा जग्गा र घर निर्माण गरेर होटल व्यवसाय संञ्चालन गर्दै आएपनि घर भत्किन थालेपछि व्यवसाय गर्न नसक्दा बैकको ऋण समेत तिर्न नसकेको बताइन् । 
    घर कतिखेर ड्याममा मिसिन्छ भन्ने डर छ । उनले भनिन् ‘अन्यत्र गएर बसौं भने पनि आफ्नो भएको सम्पत्ति नै यहि हो । ड्यामको कटानका कारण स्थानीय लक्ष्मण माकिम,बद्री घिमिरे,चन्द्रकला पौडेल,उद्धब पौडेल,मिलन गुरुङ,टक बहादुर गुरुङ,माया सुनार,लोक बहादु गुरुङ,मनि गुरुङ र बिष्णु पन्थ लगायतका घर उच्च जोखिममा रहेका संघर्ष समितिका उपाध्यक्ष मिलन गुरुङले जानकारी दिए ।

    chuman.jpgजिल्ला प्रशासन कार्यालय,नेपाल विद्युत प्राधिकरण मस्र्याडदी इकाई र गाउँपालिका कार्यालयको तर्फबाट स्थलगत अनुगमन क्षतिको मूल्याडकन,निकास र समस्याको समाधान संम्बन्धी छलफल गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।  करिब दश रोपनी जग्गामा बनेका घरबास र  व्यवसाय गर्दै आएको क्षेत्रमा ड्यामको बिस्तार तीब्र गतिमा भएकोले त्यसक्षेत्रका बासिन्दा बर्षायामसम्म पनि बस्न नसक्ने देखिएको अध्यक्ष चुमानले बताए । उच्च जोखिममा रहेको उक्त क्षेत्रको उर्जा मन्त्रालयले अनिवार्य अधिग्रहण र बाँकी अकला मन्दिरसम्मको करिब बीस रोपनी क्षेत्रलाई संरक्षणको हिसाबले योजना बनाउनुपर्ने  उनको भनाई रहेको छ । उक्त मन्त्रालयले एकमुष्ट रुपमा संरक्षणको कार्यक्रम ल्याउने भनेर तयारी गरेको पनि उनले जानकारी दिए । हामी सबैको एक मत घरबास भएका क्षेत्रलाई उर्जा मन्त्रालयले जतिसक्दो चाँडो अधिग्रहण गरेर मुआव्जा दिलाएर सुरक्षित स्थानमा जाने वातावरण सिर्जना गर्नुपर्छ भनेर सक्रिय रुपमा लाग्दै आएका छौ,अध्यक्ष चुमानले भने ।  

    jokhim.jpgबस्ती नै उच्च जोखिमा रहेकोले आयोजनाले जग्गा अधिग्रहण गरी मुआव्जाको लागि प्रक्रिया अघि बढाउन अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिए ।  पृथ्वीराजमार्ग जोगिने गरी अधिग्रहण गरेर स्थानीयबासीलाई सुरक्षित स्थानमा स्थान्तरणको लागि संम्बन्धित निकायमा परिपत्र गर्न निर्देशन दिइएको उनले बताए । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार