जनचाहना न्युज
तनहुँ २७ जेठ
पृथ्वीराजमार्ग अन्र्तगत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखर स्थित ड्याम नजिक सडक भाँसिदाँ दुईतर्फी सवारी आवगमनमा अबरुद्ध भएको छ । गएराती देखि परेको अबिरल बर्षाका कारण सडकको तलको भाग नदीले कटान गर्दा भाँसिएको हो ।
सडकको तलाको भाग भाँसिएकोले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए । तत्काल मर्मतसंम्भार गरेर सवारी आवागमन गर्न नसक्ने भएकोले जताबाट आए त्यतैतर्फ सवारीसाधान फर्काइएको उनले जानकारी दिए । करिब २० मीटर सडक भाँसिएर उच्च जोखिम बनेको प्रहरीले जनाएको छ ।