जनचाहना न्युज
तनहुँ २७ जेठ
पृथ्वीराजमार्ग अन्र्तगत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ ड्याम नजिक सडक भासिएको स्थानबाट तल नदीमा दुई पुरुषको शव फेला परेको छ । सडक भासिएको मस्र्याङदी नदी किनारमा दुई वटा पुरुषको शव फेला परेको हो । मृतक दुवै जनाको सनाखत हुन नसकेको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रहरी नायव निरीक्षक सई गोकर्ण नेपालले जानकारी दिए । पोखरा र चितवनबाट आएको गोताखोर टोलीले उक्त नदीमा खोजी कार्य गरिरहेको छ । उनले भने ‘नदीमा मोटर साइकल र कारको पाटपुर्जा भेटिएकोले मानवीय क्षति बढ्न सक्ने संकेत देखिएको छ ।’
गएराती देखि परेको अबिरल बर्षाका कारण सडकको तलको भाग कटान गर्दा सडक भाँसिएर जोखिम र राजमार्ग अबरुद्ध बनेको छ । सडकको तलाको भाग भाँसिएकोले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए । करिब २० मीटर सडक भाँसिएर उच्च जोखिम बनेपछि सवारी बैकल्पीक सडकबाट आवागमन गरिरहेका छन् ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij