Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

तनहुँमा स्कुटर चोरी भएको दश दिन पछि स्कुटर सहित गोरखाका युवक पक्राउ 

  • 348
    SHARES
  • 348 Shares
  • जनचाहना न्युज 
    तनहुँ २७ जेठ 
    जिल्ला प्रहरी कार्यालय तनहुँले स्कुटर चोरी गरेको दश दिनपछि स्कुटर सहित एक युवकलाई पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा गोरखा जिल्ला साबिक मसेल गा.बि.स. वडा नं. ६ मा स्थायी घर भएका १९ बर्षीय सन्दिप आचार्य रहेको प्रहरीले जनाएको छन् ।  ०७९ जेठ १६ गते जिल्लाको शुक्लागण्डकी नगरपालिका–९ तालबेशी बस्ने बर्ष ३८ की शुस्मा श्रेष्ठको नाममा रहेको ग १८ प ४७२५ नं. को स्कुटर सोही पालिकाको वडा नं ४ दुलेगौडा बजार स्थित पुर्ण कुमारी श्रेष्ठको घर अगाडी रोकी राखेको अवस्थामा चोरी भएको थियो । व्यास नगरपालिका– १० सेवर स्थित भित्री सडकमा बिहीबार बिहान ११ ः ४० बजेको समयमा चलाएको अवस्थामा फेला पारेपछि निजलाई नियन्त्रयणमा लिइएको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।  घर अगाडी रोकी राखेको अवस्थामा अपरिचित व्यक्तिहरुले स्कुटर चोरी लगेको हुँदा उक्त स्कुटर खोजी गरीपाउँ भनी निज शुस्मा श्रेष्ठले ईलाका प्रहरी कार्यालय बेलचौतारामा निवेदन दिएकी थिइन् । नियन्त्रणमा रहेका आचार्यको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार