Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

सडक भासिएपछि साना सवारी एकतर्फी संञ्चालनमा

  • 250
    SHARES
  • 250 Shares
  • जनचाहना न्युज 
    तनहुँ २७ जेठ 
    पृथ्वीराजमार्ग अन्र्तगत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याममा सडक भासिएपछि साना सवारी एकतर्फी सुचारु कार्य थालिएको छ । 
    राजमार्गमा सयौ सवारी साधानहरु रोकिदाँ यात्रुहरुले सास्ती खेप्नुपरेपछि साना सवारीलाई एकतर्फी संञ्चालनमा ल्याइएको हो । 
    उक्त दुर्घटनमा परि दुई जना पुरुषको मृत्यु भएका मध्ये एक पुरुषको सनाखत भएको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए । 
    छ । उक्त दुर्घटनमा परि गोरखा जिल्ला सिरानचोक गाउँपालिका–५ छोप्राक घरभई हाल आँबुखैरेनीमा बस्दै आएका केशव घिमिरेको मृत्यु भएको हो ।  मृतकको शव पोष्टमार्टमको लागि दमौली अस्पतालको शवगृहमा राखिएको छ । 
    सडक भासिएको मर्स्याङ्दी नदी किनारमा दुई पुरुषको शव फेला भेटिए पछि पोखरा र चितवनबाट आएको गोताखोर टोलीले नदीमा खोजतलास कार्यलाई तीब्रता दिइरहेको छ । 
    घट्नास्थलमा शुक्रबार बिहान प्रहरी प्रशासनको टोली पुग्दा भासिएको सडकबाट बा १ च ४६४९ नम्बरको कार र मोटरसाइकल खसेको देखेपछि गोताखोर टोली बोलाइएको थियो । 
    मोटरसाइकलमा सवार पुरूष भने सवारी फालेर ज्यान जोगाएका थिए भने कार मानिससहित पहिरोमा खसेको प्रहरीले बताएको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार