Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

जलदेवीको अध्यक्षमा बस्नेत

  • 359
    SHARES
  • 359 Shares
  • व्यासनगरपालिका–१ स्थित जलदेवी माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा होम बहादुर बस्नेत सर्वसम्वत चयन हुनुभएको छ । सोमबार विद्यालयमा आयोजित अभिभावक भेलाले अध्यक्ष बस्नेतको नेतृत्वमा चार सदस्यीय समिति चयन गरेको छ । 
    त्यसैगरी समितिको सदस्यमा सोमबहादुर दर्जी,सरस्वती गुरुङ र बेदन बहादुर गर्जा मगर चयन भएका छन् । विव्यास तदर्थ समितिका संयोजक एवं वडाध्यक्ष खरसिं दरैको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा व्यासनगर शिक्षा शाखाका प्रमुख नगेन्द्रराज रेग्मी,पूर्व अध्यक्ष ठाकुर दरै,पूर्व पिटिए अध्यक्ष कृष्ण बहादुर बुढाप्रीति लगायतको सहभागिता रहेको सो विद्यालयका प्रधानाध्यापक दयाराम सेढाईले जानकारी दिनुभयो । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार