Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

३५ लाख लुट प्रकरण ः प्रहरी सहायक हवल्दारसहित थप दुईजना पक्राउ

  • 292
    SHARES
  • 292 Shares
  • काठमाडौं २८, जेठ 
    राजेश भण्डारी 
    काठमाडौं महानगरपालिका–२६ लैनचौर स्थित व्याडमिन्टन कोर्टबाट ३५ लाख लुटेको आरोपमा प्रहरीले थप दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रहरीको संगित विद्यालयमा कार्यरत सहायक हवल्दार किशोर लुईटेल र दाङको घोराही उपमहानगरपालिका–१० नारायणपुर घर भएका सुदन नेपाली उर्फ अशोक छन् । २५ वर्षका सुदन नेपालीलाई जिल्ला प्रहरी कार्यालय दाङको सहयोगमा भालुवाङबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । सिन्धुली घर भएका सहायक हवल्दार लुँइटेलले आत्मसमर्पण गरेका हुन् । प्रहरी सहितको समुहले लैनचौरको व्याडमिन्ट कोर्टस्थित खाजा घरमा सस्तोमा सुन किन्न भनेर व्यापारीलाई बोलाएर ३५ लाख लुटेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । जेठ ८ मा भएको सो लुटमा संलग्न रहेको आरोपमा अहिलेसम्म ४ जना पक्राउ परेका छन् । वैशाख १८ मा जिल्ला प्रहरी परिसर काठमाडौंले नुवाकोटको दुप्चेश्वर घर भएका २५ वर्षीय पेम्बा तामाङ र  दाङको बंगलाचुली घर भएका ३४ वर्षीय सालिकराम नेपालीलाई  पक्राउ गरेको थियो । पक्राउ गरिएका सालिकराम नेपाली प्रहरी हवल्दार हुन् । उनि प्रहरी वृत मालिगाउँमा कार्यरत छन् । लुटमा मानव बेचविखन व्यूरोमा कार्यरत प्रहरी पनि संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । तर, जिल्ला प्रहरी परिसर काठमाडौंले प्रहरीको पहिचान खुलाउन अस्विकार गर्दै आएको छ । ​आरोपीहरुमाथी डाँकाचोरी सम्बन्धी कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको एसपी मैनालीले जानकारी दिए । रातोपाटी

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार