व्यासनगरपालिका–१ स्थित जलदेवी माध्यमिक विद्यालयको शिक्षक अभिभावक संघको अध्यक्षमा मिनबहादुर चदारो चयन हुनुभएको छ । सोमबार विद्यालयमा भएको भेलाले चदारोलाई सर्वसम्वत रुपमा अध्यक्षमा चयन गरेको हो । संघको सदस्यहरुमा रामकला दुलाल,कृष्णकुमारी देवी मजकोटी,शोभा कुलु,हस्त बहादुर नेपाली र तारादेवी पन्थ चयन भएका छन् । विव्यास तदर्थ समितिका संयोजक एवं वडाध्यक्ष खरसिं दरैको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा व्यासनगर शिक्षा शाखाका प्रमुख नगेन्द्रराज रेग्मी,पूर्व अध्यक्ष ठाकुर दरै,पूर्व पिटिए अध्यक्ष कृष्ण बहादुर बुढा प्रीति लगायतको सहभागिता रहेको विद्यालयका प्रधानाध्यापक दयाराम सेढाईले जानकारी दिनुभयो ।