Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

आँबुखैरेनी गाउँपालिकामा बर्षे बिदामा पनि पढाई हुने

  • 894
    SHARES
  • 894 Shares
  • जनचाहना न्युज 
    तनहुँ २९ जेठ                                                                                              साँकेतिक तस्बीर ः 
    जिल्लाको आँबुखैरेनी गाउँपालिका कार्यालयले बर्षे बिदामा पनि निरन्तर पढाई संञ्चालन गर्ने योजना बनाएको छ । सामुदायिक विद्यालयको शिक्षा संकटग्रस्त बनेकोले नयाँ तरिकाले योजना बनाएर शैक्षिक गुणस्तर बृद्वि गर्ने लक्ष्य राखिएको गाउँपालिका कार्यालयले जनाएको छ । 
    उक्त बर्षे अवधिमा अध्यापन गराउने शिक्षिक शिक्षिकालाई तलब खुवाउन गाउँपालिकाले व्यवस्था गरिने गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । विद्यालयमा पुराना दरबन्दीले सम्बोधन गर्न कठिनाई देखिएकोले आन्तरिक स्रोतबाट दरबन्दी कोषको व्यवस्था मिलाउन लागिएको छ । उनले भने, विद्यालयको व्यवस्थपकीय पक्ष सुधारको लागि सरकारी तथा गैरसरकारी संघसंस्थासंग छलफल गरेर अघि बढिनेछ । 
    गाउँपालिकामा कम्तिमा तीन वटा विद्यालयमा आवसीय व्यवस्था गर्ने लक्ष्य राखिएको अध्यक्ष चुमानले बताए । आवसीय विद्यालय संञ्चालन गरिएको अवस्थामा आर्शिक लक्ष्य पुरा हुने विश्वास गरिएको सो गाउँपालिका काार्यालयले जनाएको छ । 
    व्यवहारिक रुपमा कक्षा १ देखि ५ सम्मका सामुदायिक विद्यालयलाई निःशुल्क बनाउने लक्ष्य गाउँपालिका कार्यालयको रहेको छ । संघीय सरकारको सशर्त अनुदान बाहेक गाउँपालिकाले १० प्रतिशत बजेट शिक्षा क्षेत्रमा बिनियोजन गर्ने योजना बनाएको छ । गाउँपालिका भित्र पैतिस वटा सामुदायिक विद्यालयहरु रहेका छन् । जस अनुरुप २३ वटा प्राथामिक विद्यालय,६ वटा आधारभूत र ६ वटा माध्यमिक विद्यालय रहेको गाउँपालिकाकी शिक्षा शाखा प्रमुख निर्मला कुँवरले जानकारी दिइन् । 
    विद्यार्थी संख्य अत्यन्तै न्यून रहेका विद्यालय मर्ज गर्ने तयारी भैरहेको उनले बताइन् । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार