Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

तनहुँमा चितुवाको बिगबिगी,स्थानीयबासीमा त्रास

  • 233
    SHARES
  • 233 Shares
  • जनचाहना न्युज
    तनहुँ २९ जेठ 
    तनहुँमा पछिल्लो समयमा चितुवाको बिगबिगी हुन थालेको छ । चितुवाको बिगबिगी बढेसंगै स्थानीयबासीमा त्रास पैदा भएको छ । शानिबार साँझ र आइतबार बिहान तनहुँको बन्दिपुर गाउँपालिकामा छुट्टा छुट्टै घट्नमा चितुवाको आक्रमणबाट दुई जना घाइते भएपछि स्थानीय मानिसहरु त्रास पैदा भएको हो । चितुवाको आक्रमणबाट एक बालिका र एक पुरुष व्यक्ति घाइते सामान्य घाइते भएका छन् । 
    बन्दिपुर गाउँपालिका–१ बाघदले निवासी ३४ बर्षीय हिमलाल बरायान्जा मगरलाई आइतबार बिहान घरको पिढीमा सुतिरहेको अबस्थामा जंगली जनाबर चितुवाले अचानक आक्रमण गरी घाइते बनाएको हो । घाइते बरायान्जा मगरको तत्काल स्थानीय मोती हेल्थ किलिनिक डुम्रे तनहुँमा उपचार गरी डिस्चार्ज भएका छन् । त्यसैगरी सोही गाउँपालिकाको वडा नं.४ निवासी सन्तोष थापा मगरको ८ बर्षीय छोरी रियाना थापा मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।  
    बालिका रियाना थापा मगरलाई घर नजिकै रहेको बाँसको झाँङमुनिबाट शनिबार साँझ अचानक जंगली जनावर चितुवाले आक्रमण गरेको हो । चितुवाले चिथोरी घाइते बनाएकोमा डुम्रे स्थित सोही मोती क्लिनिकमा अस्पतालमा उपचार गरिएको प्रहरीले जनाएको छ । 
    दुबै घाइते खतरामुक्त रहेको उपचारमा संलग्न अस्पतालका चिकित्सकहरुले बताएका छन् । चितुवाको आक्रमणका घट्नाहरु बढ्न थालेपछि साँझ र बिहानको समयमा बालबालिकालाई एक्लै नछाड्ने,घर वरिपरिका झाडी फाँड्ने र उज्यालो बनाइ राख्न डिभिजन बन कार्यालय तनहुँले जिल्लाबासीमा आग्रह गरेको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार