Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

म्याग्दे गाउँपालिकाको प्रशासकीय भवन ठेकदारका कारण अलपत्र,बजेट फ्रिज हुने खतरा 

  • 240
    SHARES
  • 240 Shares
  • जनचाहना न्युज
    म्याग्दे ३ असार 
    तनहुँको म्याग्दे गाउँपालिकाको प्रमुख प्रशासकीय भवन ठेकेदारकाका कारण अलपत्र परेको छ । एक बर्ष अघि देखि निमार्ण कार्य थालेपनि ठेकदारको लापरबाहीका कारण भवन निर्माण कार्य अलपत्र परेको हो ।  म्याग्दे गाउँपालिका–४ मा निर्माणधीन उक्त भवन रु.८ करोडको लागतमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको हो । हालसम्म रु.२ करोड भन्दा बढी रुपैया भूक्तानी गरिसकिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद अधिकारीले बताए ।

    उक्त भवन गाउँपालिकाले ०७७ सालमा डिपिआर गरेपछि तत्कालै शिलान्यास पश्चात ठेक्का सम्झौता गरिएको हो । करिव १० करोडको लागत स्टिमेट भएपनि ८ करोडको ठेक्कामा निर्माण कार्य अघि बढाइएको हो । पछिल्लो समय फलामजन्य निर्माण सामाग्रीहरुको मुल्य आकासिएपछि ठेकेदारले काम नगर्दा निर्माण कार्यमा ढिलाई भएको बताइएको छ । संघिय सरकारबाट रु.४ करोड १४ लाख रुपैया समपुरक अनुदान र गाउँपालिकाले सोही बरावरको रकम बिनियोजन गरी रु. ८ करोड २८ लाखको लागतमा भवन निर्माण गर्न लागेको  हो । 

    ठेकदारको ढिलाईका कारण संघ सरकारबाट समपुरक रुपमा आएको बजेट फ्रिज हुने समस्या देखिएको प्रमुख प्रशासकिय अधिकृत अधिकारीले जानकारी दिए । जसका कारण योजना पनि लम्बिने र गाउँपालिकालाई अर्को बर्ष आर्थिक भार थपिने देखिएको छ उनले भने । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार