Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

एलायन्स क्लव अफ तनहुँको जनसम्पर्क अधिकारीमा पत्रकार नेपाली

  • 355
    SHARES
  • 355 Shares
  • जनचाहना न्युज
    दमौली ४ जेठ 
    दमौलीमा रहेर सामाजिक क्षेत्रमा सक्रिय सामाजिक संस्था एलायन्स क्लब अफ तनहुँको जनसम्पर्क अधिकारीमा पत्रकार एस.बि.नेपाली भएका छन् । दुई दशक देखि पत्रकारिता क्षेत्रमा निरन्तर लाग्दै आएका पत्रकार नेपालीलाई क्लबको शुक्रबार सम्पन्न बैठकले उक्त पदमा चयन गरेको हो ।  उक्त क्लबको सन् २०२२र२३ को लागि अध्यक्ष पदमा विनय राउत चयन भएका छन् । त्यसैगरी सन् २०२२र२३को  प्रथम उपाध्यक्ष अजित पन्थ, द्धितिय उपाध्यक्ष सन्तोष श्रेष्ठ, सचिव जोहर मिया, कोषाध्यक्ष सुशासन अधिकारी, सहसचिव सुमिन मिश्र, सहकोषाध्यक्ष केसवती दुरा, क्लव सर्भिस डाइरेक्टर मिलेन्द्र लाल श्रेष्ठ, स्वास्थ्य विभाग प्रमुख कृष्ण गिरी, प्रमोसन अफिसर अर्जुन पौडेल, मेम्बरसिप ग्रोथ अफिसर सञ्जित खनाल,  फेलोसिप अफिसर होमनाथ सुवेदी र सम्पादक सुसान पन्थ रहेका छन् । 
    क्लबले धार्मिक स्थलहरुको सरसफाई, गौसंरक्षण केन्द्र पुगेर गाइलाई दाना खुवाउने, मानसिक रोगीको लागि हेरचाहको लागि पहल गर्ने, आर्थिक अवस्था कमजोर छात्रछात्राहरुलाई स्टेशनरी, पोशाक सहयोग गर्ने जस्ता कार्य गरेको क्लवका पूर्व अध्यक्ष सुदिप पौडेलले बताएका  छन् । बर्ष २०२२र२३ का नव नियुक्त अध्यक्ष विनय राउतले आगामी दिनहरुमा युवाहरुलाई लक्षित गरि नेतृत्वविकास तालिम लगाएत सचेतनामुलक कार्यक्रमहरु आयोजना  गरिने बताएका छन् । युवाहरुलाई समेटदै सामाजिक क्रियाकलापमा नमुना काम गर्ने योजना क्लबको रहेको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार