गोरखा
गोरखाको शहिदलखन गाउँपालिका ७ स्थित एक घरमा ग्याँसको सिलिण्डर पड्किएर आगलागी हुँदा एक बृद्दा महिलाकाो मृत्युभएको छ । गएराति ग्याँसको सिलिन्डर पड्किँएर आगोलागि हुँदा घर धनी ६९ बर्षिय केशरी माया वस्तिको मृत्यु भएको हो । आगलागीका कारण महिलाको शरीर पुर्ण रुपमा जलेको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए । आगलागीका कारण घरभित्र रहेका अन्नपात तथा लत्ताकपडा समेत पूर्ण रुपमा जलेर नष्ट भएको अध्यक्ष श्रेष्ठले बताए । घटना स्थलतर्फ प्रहरी टोली खटिई गएकोले क्षतिको बिवरण आउँन बाँकी रहेको बताइएको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij