जनचाहना न्युज
तनहुँ ५ असार
तनहुँको म्याग्दे गाउँपालिका ४ थर्पु स्थित मीन माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनेकी पवित्रा घिमिरेले शैक्षिक क्षेत्रमा राम्रो कार्य गरेर उदाहरणीय प्रस्तुत गरेकी छन् । उनले दुई कार्यकाल अध्यक्ष पदमा रहेर काम गर्दा विद्यालयको भौतिक सुधार देखि गुणस्तर शिक्षमा कायापलट गरेर उदाहरणीय प्रस्तुत गरेकी हुन् ।
घिमिरेको कार्यकालमा भएको कामको अहिले चौतर्फी प्रसंशा हुन थालेको छ । अध्यक्ष हुनु त यस्तो पो,जसले पारदर्शि किसिमले समाजमा निस्वार्थ भावनाले यसरी काम गर्न सकोस् ।
अध्यक्ष घिमिरेले आफ्नो दुई कार्यकालको काम तथा प्रगति सार्वजनिक पनि गरेकी छन् । घिमिरेले विसं २०७३ साल माघ महिना देखि हालसम्म विद्यालय व्यवस्थाप समितिको अध्यक्ष रहँदा थुप्रै काम गरेकी छन् । आफुले लिएको जिम्मेवारी इमानदारीपूर्वक पूरा गरेकोले महिलाहरूले अवसर पाए जुनसुकै क्षेत्रमा काममा सक्षम छन् भन्ने प्रमाणित पनि गरी दिएकी छन् ।
घिमिरे वि ब्य स महासङ्घको केन्द्रिय सदस्य र गण्डकी प्रदेश संयोजकको समेत जिम्मेवारी निर्वाह गरेकि महिला हुन् । त्यही जिम्मेवारी बहन गर्दै गर्दा केन्द्रिय सरकारको नीति निर्माण कार्य मा उठाइएको आवाज मध्ये शिक्षक बिमा, दिवा खाजा राष्ट्रिय कार्यक्रमलाई आफ्नो विद्यालयमा लागू गरेकि थिइन् । भौतिक तथा शैक्षिक सुधार कार्यक्रमलाई सधैंभरि जोड दिदै आएकी थिइन् ।
अध्यक्ष घिमिरेले के के कार्य गरिन् ?
स्वास्थकर्मी,शिक्षकको ब्यबस्था ,प्रत्येक परिक्षापछि विद्यार्थीहरुको उत्तर पुस्तिका फाइलिङ्ग गरि अभिभावकलाई देखाउने ब्यबस्था ,कम्प्युटर ल्याबको ब्यबस्था,८वटा कक्षामा स्मार्ट बोर्डको ब्यबस्था,८ जना बिषयप्रमुख शिक्षकहरुलाई ल्यापटप वितरण,साइन्स ल्याबको ब्यबस्था,पुस्तकालयको ब्यबस्था गर्न सफल भएको आफ्नो कार्यकालको सुधारको बुँदामा उल्लेख गरेकी छन् ।
यस्तै ४ कोठे पक्की भवन,वाससहितको १० कोठे शौचालय भवन निर्माण सम्पन्न हुनुका साथै रास्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत १० लाख रुपैया बाट निर्माणाधिन भवनको तला थप गरिएको उनले बताएकी छन् । घिमिरेले सङ्घिय सरकारबाट परेको ३६ लाख रुपैयाँ बाट ४ कोठा थप गरि माथिल्लो तलामा ट्रस राखि २ वटा हल निर्माण गर्ने काम गरेको ,यसै वर्षदेखि ८ वटा सि सि क्यामेरा जडान गरिएको छ ।
त्यसैगरी अन्लाईन अफ्लाइन टिचिङ्ग म्याटेरियल्स जडान गरिएको ,प्रदेश सरकार र गाउँ पालिकाको आइसिटी कार्यक्रम अन्तर्गत ५० वटा कम्प्युटर खरिद गरिएको,सरसफाइका लागि रिङ्ग हाली इनार को पानीको ब्यबस्था गरिएको ,विद्यालयको औपचारिक कार्यक्रम विद्यार्थीहरुद्वारा नै सन्चालन गर्ने ब्यबस्था मिलाइएको , कम्जोर विद्यार्थीहरुका लागि अतिरिक्त कक्षाको ब्यबस्था गरिएको, अङ्ग्रेजी तथा नेपाली दुबै माध्यमबाट गुणस्तरिय पठन पाठन भएका कारण निजि विद्यालयका विद्यार्थीको आकर्षक बढीरहेको छ ।
उक्त विद्यालयमा हाल करिब ८०० जना विद्यार्थी अध्ययनरत रहेक छन् । घिमिरेले पुर्ब प्राथमिक तहका विद्द्यार्थी हरुको लागि मन्टेश्वरि शिक्षकको ब्यबस्थापन गरि विभिन्न खेल सामग्री तथा श्रब्यदृश्य प्रबिधिबाट अध्यापन गर्ने ब्यबस्था मिलाइएको बताएकी छन् ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij